दिलीपका लागि न्याय माग्दै जिल्ला अदालतअगाडि विरोध प्रदर्शन

धनुषाको मिथिला नगरपालिका–५ का स्वर्गीय ओमप्रकाश महतो ‘दिलीप’को परिवारका लागि न्याय माग्दै युवाहरुले धनुषा जिल्ला अदालत अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । 

विभिन्न विद्यार्थी र युवा संगठन मिलेर निर्माण गरिएको युथ एसोसिएसन अफ नेपाल (यान) आबद्ध युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले ओमप्रकाशलाई पर्यावरण सहिद घोषण गर्नुपर्ने र मुद्दाको छिनोफानो अविलम्ब गर्नुपर्ने दुईबुँदे माग गरेका छन् । 

दिलीपको ०७६ पुस २५ गते हत्या गरिएको थियो । उनको मुद्दामा जिल्ला अदालत धनुषामा अझै सुनुवाइ हुन सकेको छैन । पटक–पटक पेसी सर्दै आएको छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार २२:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया