मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

गत संस्करण विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो । 

उपाधिका लागि अब फ्रान्सले आइतबार अर्जेन्टिनाको सामना गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियाविरुद्ध खेल्ने छ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनल प्रवेश गरिसकेको छ । 

अल बायत स्टेडियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक/एक गोल गरे । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । यसअघि फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्याण्डलाई हराएको थियो । 

मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलको यात्रा गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ६:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया