राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको हो । 

यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो । आयोगले प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन् ।

यससँगै नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । प्रदेशतर्फको विवरण भने आयोगले आगामी २ पुसमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने तयारी गरेको छ ।   





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ७:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया