गोल्डेन बुट दौडमा मेस्सी नै शीर्षमा, अग्रता लिन चुके एमबाप्पे

कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अग्रता कायमै राखेका हुन् ।

गएराति सम्पन्न मोरक्कोविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल गर्न नसक्दा मेस्सीले अग्रता कायमै राखेका हुन् । मोरक्कोविरुद्ध एमबाप्पेले एक गोल गरेको भए मेस्सी पछि पर्ने सम्भावना थियो । 

सेमिफाइनल सकिँदासम्म यी दुवै स्टारले समान ५ गोल गरेका छन् । यद्यपि असिस्ट बढी गरेकाले मेस्सी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन् । मेस्सीले ६ खेलमा ५ गोलका साथै तीन असिस्ट गरेका छन् ।

त्यस्तै, एमबाप्पेले ६ खेलमा ५ गोल गर्दा दुई असिस्ट गरेका छन् । अब फाइनल खेलले गोल्डेन बुट हात पार्ने खेलाडीको टुंगो लगाउनेछ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ८:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया