रामचन्द्र पौडेललाई विभूषण प्रदान गर्दै जापान

जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ ।

सभामुख हुँदा गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि पुर्याएको याेगदानका आधारमा उनलाई जापानले सम्मान गर्न लागेको हो ।

पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको हो । उनको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ । जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए । जापानले विशिष्ट व्‍यक्तिहरूलाई वर्षमा दुईपटक यो सम्मान दिने गर्छ, जसमा विदेशी नागरिक कम पर्छन् ।

जापानले यसअघि नै विभूषणबाट पौडेललाई सम्मान गर्ने घोषणा गरिसकेको थियो । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १०:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया