‘मिस क्रोएसियन’ इभानालाई कतारी खेलाडीले नै गरे बिहेको प्रस्ताव

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलका क्रममा मिस क्रोएसिया इभाना केनोल चर्चामा छिन् । ‘सेक्सी फ्यान’को उपमा पाएकी उनी विभिन्न पहिरनका कारण चर्चामा रहेकी हुन् । 

यसैबीच इभानालाई कतार फुटबल टिमका खेलाडीले विवाहको प्रस्ताव गरेका छन् । डेली मेलका अनुसार आयोजक कतारका एक खेलाडीले २६ वर्षीया मोडल इभानालाई विवाह प्रस्ताव राखेका हुन् । 

‘उनीहरूले मलाई जहाँ पनि भेट्दा माया गर्छन् । तर, म खेलमा गइरहेकी छु  । उनीहरू मसँग सिटमा सँगै बस्न रुचाउँदैनन् । क्यामेराका कारण उनीहरू अर्काे सिटमा गएर बस्छन्,’ इभानाले कतारका खेलाडीबारे भनेकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनिरहेकी इभानालाई दैनिक २ लाखले फलो गर्दै आएका छन्  । अहिले इभानालाई २.६ मिलियनले फलो गरेका छन्  ।    
 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १२:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया