श्रीमतीले ढुंगा प्रहार गर्दा श्रीमानकाे मृत्यु

तनहुँमा श्रीमतीको ढुंगा प्रहारबाट एक युवकको ज्यान गएको छ ।घरायसी विवादमा ३६ वर्षकी श्रीमती सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको हाे । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भएका उनीहरू हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएका थिए । 

नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उनीहरुबीच बुधबार राति विवाद भएको थियो । सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरीकाे भनाइ छ । 
 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १५:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया