उपराष्ट्रपति पुनसँग निर्वाचन आयोगका पदाधिकारीको भेटघाट

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ सम्पन्न भएको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग नेपालका पदाधिकारीको भेटघाट भएको छ ।

भेटमा उपराष्ट्रपतिले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदा हुँदै पनि यो निर्वाचन विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताए । उनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गर्न सफल भएकोमा आयोगलाई धन्यवाद दिए । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराए ।

भेटमा प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरू ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया