रामचन्द्र पाैडेल जापानकाे 'ग्राण्ड कोर्डन दी अर्डर अफ दी राइजिङ सन'बाट विभूषित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ। जापानले 'ग्राण्ड कोर्डन दी अर्डर अफ दी राइजिङ सन' विभूषणबाट आज पौडेललाई सम्मान गरेको हो।

पूर्वसभामुखसमेत रहेका पाैडेललाई तत्कालीन सभामुखका रूपमा गरेकाे याेगदानका लागि साे सम्मान दिइएकाे हाे । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार पौडेललाई उक्त विभूषण हस्तान्तरण गरेका हुन्।

काठमाडौंस्थित जापानी राजदूतको निवासमा आयोजित एक कार्यक्रममा पौडेललाई उक्त सम्मानबाट सम्मानित गरिएको पौडेलको सचिवालयले जनाएकाे छ । कार्यक्रममा कांग्रेस सांसद राजेन्द्र बजगाईंलगायत केही सांसद पनि सहभागी थिए।

यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। विदेशी नागरिकलाई दिइने याे सम्मान जापानका सम्राट मेइजीले सन् १८७५ मा स्थापना गरेका थिए।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १७:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया