विक्की अग्रवाल र श्रद्धा प्रसाईंको इन्गेजमेन्ट

कमेडियन विक्की अग्रवाल र कलाकार श्रद्धा प्रसाईंबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ । 

टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित अग्रवाल र रियालिटी शो निर्देशक प्रसाईं केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । 

उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भए पनि सम्बन्धलाई सार्वजनिक रुपमा खुलाएका थिएनन् ।

बिहीबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् ।

विक्की कमेडी च्याम्पियनका रनरअप हुन् भने श्रद्धा त्यसमा निर्देशकीय टिममा थिइन् । 

उनीहरुको इन्गेजमेन्ट समारोहमा निकट आफन्त र साथीहरु उपस्थित थिए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २०:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया