साफ यू–२० च्याम्पियनसिप : नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध खेल्ने

बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । 

आगामी फेब्रुअरी ३ देखि ९ सम्म ढाकामा आयोजना हुने च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहने छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले ३ फेब्रुअरीमा आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

यस्तै, नेपालले ५ फेब्रुअरीमा भुटान र ७ फेब्रुअरीमा भारतसँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार ६:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया