logo-img

पाकिस्तान सुपर लिगमा अनुबन्ध भएनन् नेपाली खेलाडी

पाकिस्तान सुपर लिग (पिएसएल) को आगामी संस्करणका लागि भएको ड्राफ्टमा कुनै पनि नेपाली खेलाडी अनुबन्ध भएनन् । 

बिहीबार भएको ड्राफ्टमा नेपालबाट सात खेलाडीले नाम दर्ता गराएका थिए । तर, उनीहरूमाथि अनुबन्ध कुनै पनि टिमले चासो देखाएनन् ।  

नेपालबाट कुशल भुर्तेल र विकेटकिपर/ब्याटर विनोद भण्डारीले गोल्डेन क्याटागोरीमा नाम दर्ता गराएका थिए । त्यस्तै, अर्जुन साउँद, सुवास खकुरेल, सोमपाल कामी, पवन सर्राफ र आदिल अन्सारी सिल्भर क्याटागोरीमा थिए । 

हालससम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र पिएसएल खेलेका छन् । उनले २०१९ मा लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १४:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया