महिला गाेल्डकप फुटबल, आज नेपाल इरानसँग प्रतिस्पर्धा गर्दै

काठमाडाैं– हिरो वुमन्स गोल्डकप फुटबलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

स्थानीय समयअनुसार दिउँसो चार बजे खेल हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २-१ गोलअन्तरले पराजित गरेकाे थियाे । इरान भने यसअघिका दुवै खेलमा हार्दै प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

नेपाल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा शतप्रतिशत जित हात पारेको म्यानमार शीर्ष स्थानमा रहेको छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ । पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन् ।

भारत र म्यानमारबीचको खेल पनि आजै हुदैछ ।



आजको खेल नेपालले जिते फाइनल पुग्ने सम्भावना रहन्छ । इरानसँग बराबरी खेले पनि नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै रहन्छ । तर राउण्ड रोविनको अन्तिम खेलमा भारत म्यानमारसँग पराजित हुनु पर्ने हुन्छ ।



  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार ७:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया