अभिनेता पल शाह उच्च अदालत पोखरा पुगेका छन् । जिल्ला अदालतबाट सजाय ठहर भएपछि थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च आदलत पोखरामा पुनरावेदन दर्ता गराएका हुन् ।
उनलाई जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा सफाइ दिए पनि यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिना कैद सजाय र नबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा पुगेका छन् । जिल्ला अदालत कास्कीमा पनि पलविरुद्ध अर्को एक मुद्दा विचाराधीन रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।