फिफा विश्वकप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्ने छन् । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ बजे खालिफा अन्तराष्ट्रिय रंगशालामा सुरु हुनेछ । 

मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । 

साविक उपविजेता युरोपियन टोली क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल भने भोली राती हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
 





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार ८:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया