काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले एक अन्तर्वार्तामा बलात्कारबारे बोलेको भिडियो अहिले व्यापक चर्चामा छ । उनले बलात्कारलाई यो समाजले ठूलो विषय बनाएको वा ग्लोरिफाइ गरेको भन्दै यसबाट डलर ल्याउने काम भएको बताएकी छिन् ।
उनको यो भिडियो सार्वजनिक भएपछि महिला अभियन्ता, अधिकारकर्मी तथा समाजिक सन्जाल प्रयोगकर्ताले यसको व्यापक विरोध गरेका छन् ।
उनले भिडियोमा बलात्कारलाई समाजले ठूलो विषय बनाएको, यसको नाममा डलर ल्याएको र बलात्कृत भएपछि पुनस्र्थापना हुनका लागि कुनै ठूलो विषय नभएको पनि बताएका छन् । उनले शरीरमा चोट नलागेको भए बलात्कृत भएकाहरु पुनस्र्थापना हुन सहज हुने बताएकी छिन् ।
उनले अन्तर्वार्तामा बलात्कार भएकी महिला र कसैले दुवै खुट्टा काटिएकी महिलाको तुलना गर्दै खुट्टा काटिएकी महिला बढी पीडित हुने बताएकी छिन् । अनि उनले बलात्कृत महिला खासै पीडित नहुने तर्क गरेकी छिन् ।
उनले महिला बढी भावुक भएकाले यस्तो भएको बताएकी छिन् ।
उनले भिडियोमा भनेकी छिन्– म आफ्नै उदाहरण दिन चाहन्छु । मलाई कसैले बलात्कार गर्योन । म पीडित महिला भएँ नि त, एउटा सिनारियो । अर्को सिनारियो– कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा काटिदियो । अब दुईवटा इन्सिडेन्टलाई कम्पेयर गरेर हेर्नुस्– म बलात्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा काट्यो त्यो सोबिता विचरा भई रु यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त १ जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने रु मेरो जिन्दगी सकियो । तर बलात्कृत हुँदैमा चाहिँ पुनःस्थापना हुनका लागि चाहिँ कुनै पनि गाह्रो छैन । अन्टिल एन्ड अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन । त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खालि समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्यौँ कि डलरहरू ल्याउने हैन, अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चैँ, यसलाई सामान्यीकरण ।’
यो के भनेकी यिनले ? बलात्कारलाई यसरी सामान्यिकरण कसरी गर्न सकेकी ? नबोदित एक आसालाग्दी मान्छेको अपराधप्रतिको यस्तो दृष्टिकोण ? । pic.twitter.com/SvntDkfOw8
— आभा (@sumi_na1) December 16, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।