कान्तिपुर सहकारीका अध्यक्ष एक करोड रकमसहित फरार

सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार भएका छन् ।

राजविराज नगरपालिका–७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीका बासिन्दा हुन् ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ ।

शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए ।

आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केही बेर धर्नामा समेत बसेका थिए ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार २१:४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया