फ्रान्समा कुकुरलाई निरन्तर चर्काे स्वरमा भुक्न प्रतिबन्ध

उत्तरी फ्रान्सको एक शहरका मेयरले अत्यधिक भुक्ने कुकुरलाई प्रतिबन्ध लगाएका छन् । कुकुरको भुकाइले ध्वनी प्रदुषण भएकाले यसलाई नियन्त्रण गर्न भन्दै कुकुर भुक्न प्रतिबन्ध गरेका हुन् । 

सोमबारबाट लामो समयसम्म र बारम्बार चर्को स्वरमा कुकुर भुके ती कुकुरका मालिकले ६८ युरो जरिवाना तिर्नुपर्ने छ । 

मेयर जिन पेयरी इस्टिनले भने दिउँसो र राती दुवै समयमा भुकेर गाउँलेलाई असहज वातावरण बनाउने दुवै कुकुरलाई यो जरिवाना लागू हुन्छ ।  जनावारका अधिकारकर्मीले यो नियमको आलोचना गरिरहेका छन् । 

‘कुकुरलाई प्रतिबन्ध लगाउने हाम्रो उद्देश्य होइन,’ मेयर इस्टिन भन्छन् ‘सानो स्वरमा भुक्ने कुकुरलाई केही गर्दैनौं, चर्को स्वरमा भुकेर शहरको वातावरण नै प्रभावित गर्ने कुकुरलाई जरिवाना गरिनेछ ।’ 

मेयर भन्छन् ‘शहरका कुकुरप्रति हाम्रो दुस्मनी होइन, म कुकुरको विरुद्धमा छैन तर कुकुर पाल्नेले उनीहरुलाई असल व्यवहार सिकाउन जरुरी छ ।’ 

स्थानीय निकायले यो महिनाको सुरुमा कुकुरलाई मालिकबिना कुनै पनि ठाउँमा एक्लै छोड्न प्रतिबन्ध लगाएको थियो । चर्को स्वरमा भुक्ने कुकुरले मानिसलाई दुख दिने, अवरोध गर्ने गर्छन् भने उनीहरुलाई घरभित्रै राख्नुपन काउन्सिलले नियम बनाएको छ । 



कुकुरका मालिकले प्रत्येक उजुरीमाथि जरिवाना तिर्नुपर्ने छ । 

गाउँलेले कुकुरले सार्वजनिक शान्तिमा अवरोध गरेको भन्दै एक कुकुरका मालिकविरुद्ध उजुरी गरेका थिए । 



‘उनीसँग धेरै कुकुर छन, केही पनि ठूला छन्,’ स्टिन भन्छन्, ‘हामीले उनीसँग धेरै पटक कुरा गर्यौ तर उनले हाम्रो कुरालाई वास्ता गरिनन् ।’  ‘मैले यस्तो अवस्था हेरेर बस्न सकिन् र मसँग यो बाहेक अरु उपाय पनि थिएन्, त्यसैले कुकुरलाई भुक्न प्रतिबन्ध लगाइएको हो,’ मेयर बताउँछन् । 

एसोसिएसन अफ द डिफेन्स अफ एनिमल राइट्सका प्रमुख स्टेफेन लमार्ट भन्छन् ‘यस्तो अवस्थाले त तपाई आइतबार चर्चको घन्टी पनि बजाउन रोक्न सक्नुहुनेछ उनले भने । कुकुरसँग मुख हुन्छ भने उसले भुक्न सक्छ ।’ 

लमार्ट काउन्सिलको नियमविरुद्ध पुनरावेदनका लागि स्थानीय अदालतमा उजुरी दिन चाहन्छन, उनी भन्छन् ‘मैले विहानदेखि बेलुकासम्म भुक्ने कुकुर देखेको छैन्, र फ्रान्समा कुकुरमाथि भुक्न प्रतिबन्ध लगाइएको यो पहिलोपटक होइन ।’  

सन् २०१२ मा सेन्ट फोय ल ग्रान्डीले दक्षिण फ्रान्समा पब्लिक अडरलाई अवरोध पुर्याएको भन्दै कुुकुरलाई भुक्न प्रतिबन्ध लगाएको थियो । 

तपाई कुकुरलाई भुक्नबाट रोक्न सक्नुहुन्छ ? 

भुकाइ कुकुरको सञ्चारको माध्यम हो । उनीहरुको भाषा हो । तर कुकुरको चर्को र निरन्तर भुकाइ मालिक र छिमेकीका गुनासा साझा र सामान्य हुन् । 

कुकुरको भुकाइमा ध्वनीको लेभल एकनासको नभएपनि केही कुकुरहरु कारखानाको मेसिनभन्दा पनि चर्को स्वरमा भुक्न सक्छन, जस्तै १०० डिबी बाइटमा ।
अष्ट्रेलियाको गोल्डेन रिट्राइभर जातको चार्लि कुकुरले ११३.१ डिबी बाइट सम्म भुकेर विश्व रेकर्ड राखेको छ । 

कुकुरहरु विभिन्न कारणले भुक्ने गर्छन् जस्तै उनीहरु आफूतिर ध्यान केन्द्रित गराउन, आफ्नो पीडा सुनाउन, खतरायुक्त अवस्थाबाट बचाउन र आफू डराएको अवस्थामा भुक्ने गर्छन् । 

च्यारिटी डग्स ट्रस्टकी म्यानेजर जेना केडी भन्छिन् ‘कुकुरलाई एन्टि बार्क कलर प्रयोग गर्नु भन्दा राम्रो व्यवहार गर्नु उपयुक्त हुन्छ । कुकुर भुक्दा के कारणले र किन भुक्यो भन्ने तर्फ ध्यान दिनुपर्छ ।’ 

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार ९:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया