सुनको मूल्य फेरि १ लाख नाघ्यो

नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य बढेको छ । आज ६ सयले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य शुक्रबार ९९ हजार ४ सय रुपैयाँ थियो । 

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।   
 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ११:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया