साइप्रसका लागि गैरआवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएकी छन्।
इजरायलका लागि नेपालको आवासीय राजदूतसमेत रहेकी रिजाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले साइप्रसकाे समेत जिम्मेवारी दिएकी हुन्।
रिजाल गत असारमा इजरायलको लागि आवसीय राजदूतमा नियुक्त भएकी थिइन्। राष्ट्रपति कार्यलयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले रिजाललाई आइतबार गैरआवसीय राजदूत नियुक्त गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।