हिन्दु राष्ट्र पुनस्थापना गर्न सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई कमल थापाकाे निर्देशन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएको दाबी गरेका छन् । काठमाडौं  जिल्लाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले गत निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको मान्यताको सर्वकालिक महत्व रहेको दाबी गरे । 

थापाले राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति भएकाले चुनावी परिणाम प्रतिकूल रहे पनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाइने विश्वास व्यक्त गरे।

अब राप्रपा नेपालले सडकबाट हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार लगायतका आफ्ना एजेण्डा स्थापित गर्न सडकमा क्रियाशील हुन आवश्यक रहेकाे उनले बताए । त्यसका लागि आगामी चैत–वैशाखमा देशव्यापी सडक संघर्षका लागि तयार रहन उनले कार्यकर्तालाई निर्देशन दिए।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १६:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया