राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ ।
अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यालय पुगेका थिए ।
भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएका थिए ।
राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुरा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।