विश्वकपको फाइनल खेल अब केही बेरमा सुरु हुँदैछ । अर्जेन्टिना र फ्रान्सबीच हुने खेल कसले जित्ला ? विश्वभर यसको अनुमान गरिएको छ ।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र फ्रेन्च इमर्जिङ स्टार किलियन एम्बाप्पेबीच ट्रफी कसले उचाल्ला ? अबको केही घन्टामा यसको उत्तर हामी सबैसँग हुनेछ ।
यहीबीच मेसीले यो खेल सुरु हुनुभन्दा अगाडि नै एउटा रेकर्ड चाहिँ बनाउने भएका छन् ।
उनी विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछन् । आजको खेलमा उनी मैदानमा आएलगत्तै यो रेकर्ड बन्ने भएको हो ।
उनले अहिलेसम्म विश्वकपमा २६ खेल खेल्नेछन् । यसअघि जर्मनीका लोथर माथुएसले २५ खेल खेलेर यो रेकर्ड बनाएका थिए ।
जर्मनीकै मिरोस्लाभ क्लोज २४ खेल विश्वकपमा खेलेका छन् । २३ खेल खेलेर इटालीका पाओलो माल्दिीनले पनि रेकर्ड राखेका छन् । यसमा क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।