विश्वकप २०२२ को फाइनल खेल अहिले कतारमा भइरहेको छ ।
खेलमा फ्रान्स र अर्जेन्टिना उपाधि तेस्रो पटक जित्नका लागि भिडिरहेका छन् । यो खेलको पहिलो हाफमा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ । फ्रान्सले एक गोल पनि गर्न सकेको छैन ।
अर्जेन्टिनाका लागि पहिलो गोल गरेका हुन्, लियोनल मेसीले । उनले २३ औं मिनेटमा पाएको पेनाल्टीमा पहिलो गोल गरेका हुन् ।
योसँगै मेसीले यो विश्वकपमा समूह खेल, राउण्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल सबै खेलमा विश्वकपमा गोल गरेर रेकर्ड बनाएका छन् ।
अहिलेसम्म एउटै विश्वकपमा यी सबै चरणमा अरु कुनै खेलाडीले गोल गरेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।