विश्वकप इतिहासमा ट्रफी लगातार दाेस्राेपटक उचाल्ने दाेस्राे देशकाे सपना बनाएकाे थियाे फ्रान्सले । यसअघि ब्राजिलले लगातार २ पटक विश्वकपमा जित निकालेकाे थियाे ।
आज कतारमा भएकाे खेलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्सले विश्वकपकाे ट्रफी उचाल्ने सपना चकनाचुर भएकाे छ ।
पहिलाे हाफमा २ गाेल फ्रान्सका लागि लियाेनल मेसीले २३ औँ मिनेटमा पेनाल्टीमार्फत् र डि मारियाले ३६ औँ मिनेटमा गरेका थिए ।
तर दाेस्राे हाफमा फ्रान्सका किलियन एम्बाप्पेले ८० औँ र ८१ औँ मिनेटमा गाेल गरेर खेल बराबरीमा पुर्याए । उनले पहिलाे गाेल पेनाल्टीमार्फत् गरेका थिए ।
त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे । अतिरिक्त समयमा दुवै टिमले १–१ गाेल गरेका थिए ।
तर पेनाल्टीमा फ्रान्सले २ वटा पेनाल्टी मिस गर्दा अर्जेन्टिना विश्वकप च्याम्पियन बनेकाे छ ।
याे खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले चाहिँ रेकर्ड बनाएका छन् । उनले विश्वकपकाे फाइनलमा ह्याट्रिक गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।