कतारमा भएको विश्वकप फुटबल २०२२ मा फ्रान्सका लागि २४ वर्षका किलियन एम्बाप्पेले रेकर्ड आफ्नो नाममा दर्ज गरेका छन् ।
मंगलबार २४ वर्षका लाग्ने किलियन एम्बाप्पेले विश्वकपको फाइनलमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरुको सूचीमा आफ्नो नाम दर्ज गरेका छन् ।
उनले यसअघिको विश्वकपमा क्रोएसियाविरुद्ध एक गोल गरेका थिए ।
अर्जेन्टिनाविरुद्धको आजको खेलमा दुई गोल गरेर उनले रेकर्डमा आफ्नो नाम राखेका हुन् । आजको खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले विश्वकपको फाइनलमा ३ गोल गर्ने जेफ हस्र्ट, भाभा, पेले, जिनेदिन जिदानसँग आफ्नो रेकर्ड बराबरी गरेका हुन् ।
उनले यो विश्वकपको फाइनलमा ९७ सेकेन्डको फरकमा गोल गरेर पनि अर्को रेकर्डमा आफ्नो नाम राखेका छन् । यसअघि ब्राजिलका लागि रोनाल्डोले यति छोटो समयमा जर्मनीविरुद्ध २००२ मा गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।