पूरा भयाे मेसीकाे सपना

अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे विश्वकपकाे ट्रफी उचाल्ने सपना पूरा भएकाे छ । आफ्नाे अन्तिम विश्वकपमा मेसी विश्वकप जित्न चाहन्थे ।

यसअघि महत्त्वपूर्ण सबै च्याम्पियनसिप जितेका मेसीका लागि याे ठूलाे सपना थियाे ।

आइतबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले मेसीकाे याे सपना पूरा गरेकाे हाे । ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप ट्रफी उचाल्दा मेसीकाे ठूलाे सपना पूरा भएकाे हाे ।

फिफा विश्वकपको ट्रफी अर्जेन्टिनाले यो तेस्रोपटक उचालेको हो । यसअघि १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । 

लियोनल मेसीको २३ औं मिनेटमा पेनाल्टीमार्फत् भएको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले फ्रान्सविरुद्ध कतारमा भएको खेलमा विश्वकप च्याम्पियन बन्दै इतिहास रचेको हो ।

आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि दोस्रो गोल एन्जेल डि मारियाले गरेका थिए । उनले ३६ औं मिनेटमा गरेको गोलले अर्जेन्टिनालाई हाफटाइममा २–० को अग्रता दिलाएका थिए ।



हाफ टाइमअगाडि अग्रता लिएकाे फ्रान्सलाई चुनाैती बने फ्रान्सका किलियन एम्बाप्पे । उनले ८० ओँ मिनेटमा र ८१ औँ मिनेटमा दुई गाेल गरेपछि खेल बराबरीमा पुग्याे । उनकाे पहिलाे गाेल पेनाल्टीमार्फत् थियाे । 

निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियाे ।



अतिरिक्त समयमा मेसीले अर्जेन्टिनाका लागि तेस्राे र व्यक्तिगत दाेस्राे गाेल गरे । तर एम्बाप्पेले पेनाल्टीमार्फत् गाेल फर्काए ।

त्यसपछि पेनाल्टीमा पुगेकाे खेलमा अर्जेन्टिनाले जित हासिल गरेकाे हाे ।


  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २३:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया