किलियन एम्बाप्पेले जिते गोल्डेन बुट

अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा ह्याट्रिक गरेको फ्रान्सका राइजिङ स्टार किलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।

एम्बाप्पेले यो विश्वकपमा ७ गोल गरेका छन् ।

विश्वकपको फाइनलमा एम्बाप्पेले गरेको ह्याट्रिक विश्वकपको इतिहासमा विरलै हुने घटना हो । यसअघि इंग्ल्याण्डका लागि होस्र्टले १९६६ मा पनि ह्याट्रिक गरेका थिए ।

तर, अहिलेसम्म एम्बाप्पेले विश्वकपको फाइनलमा सबैभन्दा बढी गोल गरेका छन् । उनले सन् २०१८ को विश्वकप फाइनलमा पनि क्रोएसियाविरुद्ध गोल गरेका थिए ।

मंगलबार २४ औं वर्ष पुग्ने एम्बाप्पेले विश्वकपमा अहिलेसम्म १२ गोल गरेका छन् । उनले यसअघि विश्वकपको उपाधि जितिसकेका छन् ।






  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ०:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया