अर्जेन्टिनाका मार्टिनेजले जिते गोल्डेन ग्लोभ अवार्ड

कतारमा सम्पन्न २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जितेको छन् । 

फाइनल खेलमा अर्जेन्टिनालाई उपाधि दिलाउन अहम् भूमिका खेलेका उनले पहिलो विश्वकप सहभागितामै  गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका हुन् । ३० वर्षीय मार्टिनेज सबै खेलमा पूरा समय मैदानमा रहेका थिए ।  

उनले विश्वकपको ७ खेलमा ३ क्लिन सिट राखेका थिए । साथै, मार्टिनेजले क्वाटरफाइनलमा नेदरल्याण्ड्स र फाइनलमा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।  

उनले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारेका थिए । मार्टिनेज एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ६:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया