अर्जेन्टिनाले विश्वकप जितेपछि पेलेले भने- म्याराडोना हाँसिरहेका होलान्

ब्राजिलका महान फुटबलर पेलेले गएराति कतारमा सम्पन्न २२ औं संस्करणको फिफा विश्वकपमा विजेता अर्जेन्टिनालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत तेस्रोपटक विश्वकप उपाधि जितेको अर्जेन्टिना र कप्तान लियोनल मेस्सीलाई बधाई दिएका हुन् । 

पेलेले अर्जेन्टिनाको जितमा दिवंगत भइसकेका डिएगो म्याराडोना हाँसिरहेको हुनसक्ने पनि बताएका छन् ।

‘आज फुटबलले सधैंझैँ कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ’, उपचाररत पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मेस्सीले पहिलो विश्वकप जितेका छन्, जसका लागि उनी योग्य थिए । बधाई छ अर्जेन्टिना, डिएगो (म्याराडोना) हाँसिरहेका छन् ।’

अर्जेन्टिनालाई सन् १९८६ मा च्याम्पियन बनाउन म्याराडोनाको भूमिका अहम् थियो । विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद हाल पनि छ । 

म्याराडोनाको २५ नोभेम्बर २०२० मा मृत्यु भएको थियो ।  
 
 
 





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १०:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया