विश्व विजेता अर्जेन्टिनाले पायो साढे ५ अर्ब, अन्य टिमलाई कति पुरस्कार?

गएराति सम्पन्न २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो । दोहास्थित लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेको हो । ऊ तेस्रोपटक विश्व च्याम्पियन बन्यो ।  

उपाधिसँगै अर्जेन्टिनाले १८ क्यारेट सुन जडित ट्रफीसहित अर्बौं रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उसले ४२ मिलियन अमेरिकी डलर अर्थात् ५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय रुपैयाँ पुरस्कार पाएको हो । 

अर्जेन्टिनाले हालसम्मकै सर्वाधिक पुरस्कार राशि पाएको हो । त्यस्तै, उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर अर्थात् ३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुरस्कार पाएको छ ।

यस्तै, तेस्रो बनेको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय) तथा चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार) पुरस्कार प्राप्त गर्‍यो ।



क्वार्टरफाइनलबाट बाहिरिने पोर्चुगल, इङ्ग्ल्यान्ड, ब्राजिल र  नेदरल्याण्ड्सले १७ मिलियन अमेरिकी डलर अर्थात् २ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय रुपैयाँ पुरस्कार पाए ।  

यस्तै, अन्तिम १६ मा पुग्ने स्विटजरल्याण्ड, स्पेन, पोल्याण्ड, सेनेगल, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र अमेरिकाले १३ मिलियन अमेरिकी डलर अर्ब १ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय रुपैयाँ प्राप्त गरे ।



समूह चरणबाट बाहिरिने घाना, उरुग्वे, सर्बिया, क्यामरुन, क्यानडा, बेल्जियम, कोस्टारिका, जर्मनी, डेनमार्क, ट्यूनिसिया, साउदी अरेबिया, मेक्सिको, वेल्स, इरान, इक्वेडर र कतारले ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय) प्राप्त गरे । 

  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १२:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया