शेखर कोइराला र गगन थापा सघन छलफलमा

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेता  छलफलमा जुटेका छन् । उनीहरूबीच पार्टी संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेकाे छ । 

नेपाली कांग्रेसले बुधबारका लागि संसदीय दलको मतदानकाे चुनावी तालिका सार्वजनिक गरेको छ । एउटै समूहमा रहेका थापा र कोइरालाले दलकाे नेतामा दाबी गर्दै आएका छन् ।

उता, सभापति शेरबहादुर देउवाले पनि संसदीय दलकाे नेताका लागि तयारी गरिसकेका छन् । संसदीय दलमा देउवा बलियाे भएका कारण इतर समूहका शेखर र गगनलाइ मिलेर अघि बढ्न समूहकाे दबाब छ । 

गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरेका कारण उनी दलकाे नेताबाट पछि नहट्ने अडानमा छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १७:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया