आज देशका उच्च पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
हाल तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । ती ठाउँबाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।