६२ लाख श्रीलंकन नागरिक खाद्य असुरक्षाको चपेटामा

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलंकालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

एफएओले जुनदेखि डिसेम्बर २०२२ सम्मको आफ्नो प्रतिवेदन सोमबार सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रत्येक १० घरपरिवारमा चारले आफ्नो आयमा कमीको अनुभव गरिरहेको छ ।

प्रत्येक दुई घरपरिवारमा एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेका छन् । एफएओका अनुसार श्रीलंकाका ४० प्रतिशत जनता आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् र २०२२ मा धानको उत्पादन लागत १०० प्रतिशतभन्दा बढीले बढेको छ ।

एफएओले स्थानीय बजारमा खाद्यान्नको आपूर्ति घट्दै गएको र श्रीलङ्काका किसान र उनीहरूका समुदायहरूलाई सहयोग गर्ने अवसरको पर्खाइमा रहेको बताएका छन् । 

एफएओले सन् २०२२/०२३ मा लागू हुने आफ्नो आपतकालीन सम्बोधनका लागि ५१.१७ मिलियन अमेरिकी डलर परिचालन गरेको बताएको छ ।  





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ११:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया