नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धनकाे विकल्प नखाेज्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै महामन्त्री शर्माले अहिले सत्ताको आकांक्षामा अर्को गठबन्धनको खोजी गर्न नलाग्न आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै उनले माओवादी केन्द्रले प्रतिगमनको क्षणलाई बिर्सिन नहुने बताए ।
महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने दाबी गरे ।
सरकारकाे नेतृत्वका लागि आलोपालोको विकल्प नभएकाे भन्दै उनले भने, 'पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनुहुन्न हामीलाई थाहा छ, आलोपालोको विकल्प छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।