कांग्रेस संसदीय दलको निर्वाचन आज, प्रतिस्पर्धामा देउवा र थापा

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ देखि १० बजेसम्म हुन लागेको हो ।

निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धा गर्दैछन् । 

संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापा संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।

त्यस्तै, थापाको प्रस्तावमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङm विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।

कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन् । उनीहरू नै मतदान गर्ने छन् । विजयी हुने उम्मेदवारले ५१ प्रतिशत अर्थात् ४५ मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ ।

अहिलेसम्म नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल जनमत पार्टीलगायतले संसदीय दलको नेता चयन गरिसकेका छन् । गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रले भने सांसदहरूले सपथग्रहणपछि संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । 



राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुसभित्र नयाँ सरकार गठनको आह्वान गरिसकेकी छन् ।



  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ७:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया