भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् ।
कोदोको परिकार खाने क्रममा मोदीसँगै कृषिमन्त्री तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकरलगायत उपस्थित थिए ।
‘हामीले कोदो र रागीबाट बनेको मिठाई लगायतका स्वादिष्ठ परिकारहरू तयार गर्यौँ, जसका लागि कर्नाटकबाट विशेष रूपमा शेफहरू ल्याइएका थिए । प्रधानमन्त्रीले यहाँ खानाको आनन्द लिनु भएकोमा म खुसी छु,’ कृषि राज्यमन्त्री शोभा करन्दलाजेले एएनआईलाई बताएकी छन् ।
मंगलबार तयार पारिएका परिकारमा कोदोबाट बनेको खिचडी, रागी दोसा, रागी रोटी, ज्वार रोटी, हल्दी सब्जी, बाजरा, चुर्मालगायत थिए ।
प्रधानमन्त्री मोदीको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षकोरूपमा मनाउने घोषणा गरेको छ ।
भारत सरकारले सन् २०१८ को अप्रिलमा कोदोलाई पौष्टिक अनाजको रूपमा सूचीकृत गरेको थियो त्यस पछि यसलाई पोषण मिसन अभियानमा समावेश गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।