गगन थापाको समूहका सांसदले दिए देउवालाई भोट
फाइल तस्बिर

नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । ६४ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले भने जम्मा २५ मत मात्र प्राप्त गरेका छन् । 

निर्वाचनमा कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका थिए । जसमा देउवा अर्थात् संस्थापन समूहका ५९ तथा गगन - शेखर समूहका ३१ सांसद सहभागी थिए ।

नतिजाअनुसार भने  थापाले आफ्नै समूहका सांसदहरूको समेत मत नपाएको देखिएको छ । कांग्रेसमा पुस्तान्तरण हुने र नेतृत्व अब आफूले गर्ने भन्दै चुनावमा प्रतिस्पर्धा गरेका थापा समूहकै केही सांसदहरुले भने देउवालाई समर्थन गरेको देखिन्छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ११:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया