गगन थापाले पाएनन् आफ्नै समूहका सांसदको मत
फाइल तस्बिर

कांग्रेसमा पुस्तान्तरण हुने र नेतृत्व अब आफूले गर्ने भन्दै कांग्रेस संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेका गगन थापाले आफ्नै समूहबाट सबै मत पाउन सकेनन् । थापाको आफ्नै समूहमा रहेका भनिएका केही सांसदहरुले देउवालाई समर्थन गरेका हुन् । 

४ मंसिरमा सम्पन्न निर्वाचनमा शेखर समूहका झन्डै तीन दर्जन सांसदहरू निर्वाचित भएर आजको चुनावमा सहभागी भए पनि गगन थापाले भने जम्मा २५ मत मात्रै पाएका छन् । 

कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । ६४ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । 
 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ११:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया