सेयर बजारमा ५.८९ अंककाे गिरावट
फरकधार / ६ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

साताको चौथोे कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा पुगेर रोकिएको छ ।



मंगलबार सेयर बजार १४.२२ अंकले वृद्धि भएको थियो । आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको सेयर किनबेच भएको छ ।



यस्तै, एनआइसि एसियो बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।



नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।



आज १३ वटा उपसूचकहरूमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १५:३४:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया