प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार भएकाहरूलाई निर्वाचन खर्च बुझाउन आयोगकाे निर्देशन

निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा उम्मेदवार भएकाहरूलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।

आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउन भनेकाे हाे । 

खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने आयोगले जानकारी दिएको छ । 

गत मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भएको थियो । सबै परिणाम आइसकेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेकी छन् ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १७:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया