राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अमेरिकी राजदूत डिन आर थम्पसनकाे भेटवार्ता भएको छ।
राप्रपाको पार्टी कार्यालयमा पुगेर बुधबार थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई बधाइ दिएका छन् ।
अमेरिकी राजदूत थम्पसनले संसदीय दलको नेता चयन भएकामा अध्यक्ष लिङ्देनलाई बधाइसमेत दिएका थिए। उनीहरूबीच सत्ता समीकरणका विषयमा पनि छलफल भएको बताइएको छ।
केही दिनअघि चिनियाँ पक्षले पनि अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।