चलचित्र ‘चिँ मुसी चीँ : इभन डेड डिजायर बिलिंगिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । पुसको २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको साे चलचित्रकाे बुधबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हाे ।
मल्टिस्टारर हरर–थ्रिलर यस चलचित्रको २ मिनेट ५२ सेकेण्ड अवधिको ट्रेलर सार्वजनिक गरिएको छ ।
साे चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतकाे अभिनय छ ।
मर्ण जेम्स र यश सैनीको संयुक्त कथा, पटकथा एवं निर्देशनमा बनेकाे उक्त चलचित्र अरुण चक्रवर्तीको प्रस्तुतिमा बनेकाे हाे । रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीको यस चलचित्रमा लगानी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।