सांसदको शपथअघि सर्वदलीय बैठक बस्दै

आजका लागि सर्वदलीय बैठक बोलाइएको छ । सांसदहरूको शपथअघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई दिउँसो १२ बजे सर्वदलीय बैठकमा बोलाइएको हो । 

बैठकमा १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । सो बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ ।

सांसदको शपथ समय दिउँसो १ बजे तोकिएको छ । सांसदलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले शपथ खुवाउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । 

शपथलगत्तै संसदको पहिलो बैठक संघीय संसद् भवनमा बस्नेछ ।    





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार ७:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया