धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

धनुषामा विङ्गर गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेका छन् । 

उनीहरू दुवैजना मोटरसाइकलमा सवार थिए । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १०:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया