महोत्सव उद्घाटन गर्न बुटवल जाँदै राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवलमा जाने भएकी छन् । रूपन्देही उद्योग संघको आयोजनामा आजदेखि सुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ उद्घाटनका लागि भण्डारी बुटवल जान लागेकी हुन् । 

बुटवल मण्डपमा आयोजित विशेष समारोहकाबीच दिउँसो १ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्‍घाटन गर्ने कार्यक्रम रहेको रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको पनि उपस्थिति रहने संघले जनाएको छ । 

बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टल छन् । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार ११:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया