बन्ने भयाे अमेरिका–मेक्सिको सीमामा पर्खाल, तर ट्रम्पले मागेजति रकम नपाउने

एजेन्सी– अमेरिका–मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्ने कुरामा अमेरिकी सांसदबीच सहमति भएको छ । सोमबार राति भएको सम्झौताअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पर्खाल निर्माण गर्न १.४ अरब डलर दिइनेछ ।

संसदीय सहयोगीका अनुसार, ट्रम्पको पार्टी रिपब्लिकन कुनै पनि हालतमा फेरि सरकारी काम कामकाज ठप्प नगराउन चाहन्छ । त्यसैकारण उनले पर्खाल निर्माण गर्न चाहिने आवश्यक खर्चमा सम्झौता गर्नुपरेको हो । 

ट्रम्पले पर्खाल निर्माणका लागि ५.७ अरब डलरको प्रस्ताव गरे पनि उनलाई १.४ अरब डलर पाउने भएका छन् । जुन उनले प्रस्ताव गरेको रकमको तुलनामा धेरै कम हो । यो बजेटले करिब ५५ माइल लामो पर्खाल निर्माण गर्न पुग्छ । यसरी बन्ने पर्खाल स्टिलको हुनेछ । तर, ट्रम्पले कंक्रिटको पर्खाल बनाउने वाचा गरेका थिए । गत डिसेम्बरमा ह्वाइट हाउसले २ सय १५ माइल लामो पर्खाल बनाउने घोषणा गरेको थियो । 

सोमबार भएको सम्झौता अनुरूप पर्खाल निर्माण गर्न दिइएको बजेटले टेक्सासको रियो ग्र्यान्ड भ्यालीमा पर्खाल लगाइनेछ । सिनेटका विनियोग समितिका अध्यक्ष रिचर्ड सेल्भीले भने, ‘हामीबीच सैद्धान्तिक सहमति भइसकेको छ ।’ सदनकी विनियोग समितिकी अध्यक्ष नीता लोबीले भनिन्, ‘कर्मचारी यसको ब्युरोमा काम गरिरहेका छन् ।’ 

यसको विस्तृत जानकारी भने औपचारिक रूपमा केही दिनपछि जारी गरिने बताइएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १७:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया