बाबुराम भट्टराईले दिए शेरबहादुर देउवालाई बधाई

नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले  बधाई तथा शुभकामना दिएका छन् ।  बुधबार भएको चुनावमा गगन थापालाई पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका थिए ।

देउवालाई बधाई दिन डा.भट्टराई सँगै अर्का नेता महिन्द्र यादव बालुवाटार पुगेका हुन् । भट्टराईले देउवासँगै बसेको तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्,‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !’ 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १२:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया