वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
संघीय सांसदको शपथ ग्रहण गरेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।
कानुनले प्रदेशको मुख्यमन्त्रीले प्रतिनिधिसभाको शपथ लिन हुने/ नहुने केही नभनेको कारण शपथ लिएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।
मुख्यमन्त्री स्रोतका अनुसार भोलि शुक्रबार उनले राजीनामा दिने तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।