logo-img

संसदीय दलको चुनावका विषयमा थप टीकाटिप्पणी नगर्न गगनकाे अनुरोध

कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसकाे संसदीय दलको चुनावका विषयमा थप टीकाटिप्पणी नगर्न शुभेच्छुकहरूमा अनुरोध गरेका छन् । 

संसदीय दलकाे निर्वाचनमा गगनकाे पराजयलाई सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएपछि उनले ट्विटरमार्फत त्यस्ताे नगर्न नगर्न अनुरोध गरेका हुन् । 

‘संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा थियो । यसले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र रुपान्तरणको यात्रालाई थप बल पुर्‍याएको छ,' उनले ट्विटरमा लेखेका छन्,  त्यसैले, परिणामलाई लिएर कुनै टिकाटिप्पणी नगर्न र संयमताका साथ धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दछु ।’ 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया